हेटौंडामा मनाइयो २४ औं अन्तराष्ट्रिय युवा दिवस

हेटौंडा / बागमती प्रदेश युवा परिषद् हेटौँडाको आयोजनामा आज हेटौंडामा अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ । ‘‘दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ नबप्रवर्दन र उद्यमशिलतामा हरित सीप विकास’’ मन्ने नाराका साथ युवा दिवस मनाइएको हो ।
कार्यक्रमको उद्घाटन् बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री तथा बागमती प्रदेशसभाका सदस्य एका लाल श्रेष्ठले उद्घाटन् गर्नुभयो । उहाँले अब युवाहरुलाई स्वदेशमानै टिकाउने वातावरण सरकारले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभाका सदस्य भारती पाठकले युवाहरुका विषयमा कार्यक्रम गर्ने युवा परिषदको मात्र नभइ तीन तहका सरकारनै लाग्नुपर्ने बताउनुभयो । युवा सम्वन्धि अन्तर्राष्ट्रिय मुद्दाहरुमाा सरकारले ध्यान दिन जरुरि रहेको बताउनुभयो । बेैदेशिक रोेजगारिका लागि जाने भन्दा वाहेक अन्य कुरामा सोच्दै नसोच्ने अवस्था रहेको अवस्थामा नेपाली युवाहरुलाइ कसरि माटोसंग साक्षातकार गर्ने सो वारे सोच्न आवस्यक रहेकोे बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता समेत गर्नु भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युवाहरुले अब स्वदेशमानै सिप सिकेर आत्मनिर्भर तर्फ लाग्नुपर्ने बताउनुभयो । सिप सिक्ने मात्र नभइ काम पनि गर्नुपर्ने बताउनुभयो । प्रदेश युवा परिषद्ले युवाहरुका लागि लक्षित गरेर स्वरोजगार बनाउनका लागि धेरै प्रकारका तालिमहरु दिएको र युवाहरुलाई रोजगारी तर्फ अग्रसर गराएको बताउनुभयो । कार्यकारी उपाध्यक्ष चौलागाईँले युवा वर्गलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । युवा वर्गले नै आफ्नो उत्तरदायित्व र जिम्मेवारीलाई वहन गर्न नसके परिवर्तन र उपलब्धी सम्भव नहुने उहाँको भनाइ छ ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सचिब बलराम निरौला लगायतकाले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा वल्ड बैकका कन्सलटेण्ड सन्दीप श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।