सबै प्रदेशमा भारी वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी

पालिका डायरी
२७ श्रावण २०८०, ०९:५५
पहाडी क्षेत्रहरुमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा सुदूरपश्चिम, कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

‘काठमाडौं उपत्यकामा जारी वर्षा केही बेर रोकिने सम्भावना भए पनि दिउँसो फेरि पानी पर्ने सम्भावना छ’, उनले भनिन्।

मौसम महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

प्रतिक्रिया