बाबुको हत्या आरोपमा छोरा पक्राउ

पालिका डायरी
२६ श्रावण २०८०, २१:२१
एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६, टांगिया बस्तीमा घरायासी विवाद हुँदा छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले ६० वर्षीय छोरालाई पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो करिब १२ः४५ बजेतिर छोराले रिसको आवेगमा ९० वर्षीय माइत सिंह घलानको हत्या गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि घटनाको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी टोलीले अनुसन्धान थालेको छ । घटनामा संलग्न ६० वर्षीय छोरा दिलबहादुर घलानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया