उच्चशिक्षामा प्रथमिकता,हेटौंडा १८ ले विद्यार्थीलाई नि:शुल्क बससेवा दिने

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडी देखि उच्चशिक्षा लिन हेटौंडा धाउनुपर्ने विद्यार्थीको लागि लाग्ने यातायात खर्च १८ नम्बर वडाले ब्यहोर्नी भएको छ ।
हेटौंडा १८ हर्नामाडीबाट हेटौंडा बजार पुग्न दैनिक १८ किलोमिटर गाडी चढेर जानुपर्ने त्याहाको विद्यार्थीको बाध्यता छ । उच्चशिक्षा लिन हेटौडा बजार आउन विद्यार्थीले दैनिक १६० रुपैया यातायात खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको वडाध्यक्ष अनिल बानियाँ बताउछ्न । यातायात खर्चकै कारण उच्चशिक्षा लिनबाट बन्चित कोहि नहुन भन्ने उदेश्यले वडा पालिकाले निर्णय गरेर वडाबाट यातायात खर्चको व्यवस्था गरिएको अध्यक्ष बानियाँ बताउछ्न । पालिका डायरीसङ्ग कुरा गर्दै उच्चशिक्षा लिन हर्नामाडी देखि हेटौंडासम्म लाग्ने दुईतर्फी भाडा वडाले व्यहोर्ने बताए ।
हर्नामाडी बाट हेटौंडा पढ्न जाने विद्यार्थीलाई वडाले कार्ड बनाउने र कार्डको आधारमा बस वालालाई भाडा उपलब्ध गराउने बताए । दैनिक १६० रुपैया आवतजावत गर्न लाग्ने भाडा ५० प्रतिशत घटाएर दैनिक ७० देखि ८० रुपैयामा आवतजावत गर्न बससङ्ग सहमती भैसेकेकोले अब भदौ १ गते देखि हर्नामाडीबाट हेटौंडा पढ्न जाने विद्यार्थीको लाग्न सबै यातायात खर्च वडाले ब्यहोर्ने बानियाँले बताए
उनका अनुसार वडालेनै निर्णय गरेर कक्षा ११ देखि स्नातकोत्तरसम्म पढ्ने वडाभित्रका सबै विद्यार्थीको हर्नामाडी देखि हेटौडा आउजाउको भाडा तिर्ने निर्णय गरि सात दिने सुचना निकालेको उनले बताए ।
