मकवानपुरको राक्सिराङमा जंगली च्याउ खाँदा ६ जना बिरामी

पालिका डायरी
२४ श्रावण २०८०, १७:१२
मकवानपुरको राक्सिराङमा जंगली च्याउ खाँदा ६ जना बिरामी

हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा जंगली च्याउ खाँदा ६ जना बिरामी परेका छन्।

जंगलबाट ल्याएको च्याउ पकाएर खादा राक्सिराङ–२ औडारका एकै परिवारका ३ सहित ६ जना बिरामी भएका हुन्।
बिरामी हुनेहरुमा स्थानीय २६ वर्षीय विकास चेपाङ्, ६ वर्षीय सन्तोष  चेपाङ, २४ वर्षीय सुनीमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना (नाम खुल्न बाँकी) पुरुष बिरामी परेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए।

उनका अनुसार विकास, सन्तोष र सुनीमाया एकै परिवारका हुन्। च्याउ खाएपछि वान्ता आउने लगायतका समस्या भएपछि उनीहरुलाई राक्सिराङकै सरिखेत स्वाथ्य चौकीमा उपचार गरिएको थियो।

उक्त स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि भरतपुर अस्पताल पठाइएको अध्यक्ष मल्ले बताए।

प्रतिक्रिया