हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडाले किसानलाई प्रतिलिटर दूधमा दुई रुपैया अनुदान दिने

पालिका डायरी
२३ श्रावण २०८०, १६:१३
अत्याधिक गर्मिका कारण हेटौंडा १५ को विद्यालयहरु २ दिन बन्द

राम कुमार दानी

 

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ लेआगामी आर्थिक वर्षदेखि वडाका किसानहरुलाई सहजताको लागि कृषि अनुदानको कार्यक्रम ल्याएको छ ।

हेटौंडा उपमहानगरपालिकाबाट वडामा आएको बजेटबाट किसानको मागलाई मध्यनजर गर्दै दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दूधमा दुई रुपैया र पशु खरिदमा वडाबाट पशु विमा कार्यक्रमकोलागि बजेटको व्यवस्था मिलाइएको वडा अध्यक्ष सुनिल मुक्तानले जानकारी गराए ।

अध्यक्ष मुक्तानले आगामी वर्षदेखी गाईभैंसीमा गरिदै आएको एक प्रतिशत पशु बिमा वापदको रकम र दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटरको २ रुपैयाको दरले अनुदानको व्यवस्था वडाको बजेटबाट मिलाइएको बताए । उनले गोरस दूग्ध उत्पादन कृषि सहाकारी संस्था मार्फत वडाका किसानलाई अनुदान वापदको रकम वितरण गरिने बताए । उनले सिँहदरबार गाउँ गाउँमा छ भन्ने तर किसानको समस्या कसैले नबुझेको गुनासो समुदाय बाट आएपछि । आफुले किसानको मागको आधारमा थोरै भएनी किसानमुखी बजेटको व्यवस्था गरेको बताए ।

अध्यक्ष मुक्तानले विदेश गएका युवालाई पनि स्वदेशमा व्यवसाय सञ्चालन गर्न प्रेरित गर्नुपर्छ भन्ने उदेश्यले थोरै भएपनी कृषिका लागि अनुदानका कार्यक्रम सुरु गरिएको छ । यस्लाई निरन्तरता दिन आफू सधै लाग्ने बताए । पालिका डायरीसङ्ग कुरा गर्दै अध्यक्ष मुत्तानले वैदेशिक रोजगारीमा जानेको तथ्यांक निकाल्ने हो भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को सबै भन्दा बढी युवा विदेश छ अब ती युवालैइ स्वदेश फर्काएर व्यवसायमा लगाउन पनि आफुले कृषि क्षेत्रमा बजेटको व्यवस्था गरिएको बताए।

प्रतिक्रिया