बागमती नदीले सडक बगाउँदा मदनभण्डारी लोकमार्ग अवरुद्ध

पालिका डायरी
२३ श्रावण २०८०, १२:१०
बागमती नदीले सडक बगाउँदा कान्तिलोकपथ अवरुद्ध

हेटौंडा / हिजोदेखि परेको अविरल बर्षाका कारण मकवानपुरबाट सिन्धुली आवतजावत गर्ने मदनभण्डारी लोकमार्ग अवरुद्ध भएको छ।

मकवानपुरको बागमती गाउँपालिका र सिन्धुली जाड्ने बागमती नदीले सडक बगाउँदा बाटो अवरुद्ध भएको हो। आज बिहान पहिरोले सडक बगाउँदा उक्त लोकमार्ग अवरुद्ध भएको स्थानीयले जानकारी दिए।

उनका अनुसार सडकको थोरै भाग बाँकी रहेकोले दुईपाङ्ग्रे सवारीसाधन भने मुस्किलले ओहोर दोहोर गरिरेका छन्। नदीका बहाव बढ्दै गएकाले सडक अझै भासिन सक्ने बताइएको छ।

प्रतिक्रिया