बागमती पहिरो अपडेट : बेपत्ता ६ जनाको पहिचान खुल्यो

पालिका डायरी
२३ श्रावण २०८०, ११:१२

मकावनपुरको बागमती गाउँपािलका ५ सिक्रेदोभानमा पहिरोले घर बगाउँदा  बेपत्ता हुनेहरूको पहिचान खुलेको छ

प्रहरीका अनुसार पहिरोमा परी ६० वर्षीय अक्कल बहादुर स्याङ्तान, उनका २२ वर्षाीया छोरी शिला स्याङ्तान, २५ वर्षीय ज्वाइँ जीवन पहरी, ४ वर्षीय नाति मिलन, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना आएकी सिन्धुली हरिहरपुरगढी गाउँपालिका १ कोकटीका १७ वर्षीय पासाङ घिसिङ बेपत्ता भएका हुन्।

अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया शान्तमाया ब्लोनलाई भने अचेत अवस्थामा स्थानीयले उद्धार गरेका थिए। तर उपचारका लागि भोर्लनीमा रहेको स्वास्थ्यचौकी लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बेपत्ताहरूको खोजी भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय जानसागर ब्लोनका अनुसार राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ७ जना घरसहित बागमती नदीमा बगेका थिए।

प्रतिक्रिया