सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा एसपी रिजाललाई स्वागत

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ थानाभर्याङले मकवानपुरमा सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजाललाई स्वागत गरेको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रले शनिबार एक कार्यक्रमको आयोजना गरी एसपी रिजाललाई स्वागत गरेको हो । सो क्रममा एसपी रिजालले जिल्लाको शान्ति सुरक्षा कायम गर्नु आफ्नो दायित्व भएको बताउँदै कानूनको नीति र नियम विपरित कार्य नगर्ने प्रतिबद्धता जनाए ।
साथै उनले मकवानपुरमा लागूपदार्थ दुर्व्यसनी, त्यसको ओसारपसार तथा नियन्त्रणमा चुनौति रहेकोले त्यसको रोकथामका योजनाहरुसहित नियन्त्रणमा आफु प्रतिवद्ध रहेको लाग्ने बताए ।
केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–११ की अध्यक्ष जुना दाहाल, वडा सदस्यद्वय संजय विडारी, विकास नेपाल र टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–११ का अध्यक्ष यज्ञबहादुर आचार्यलगायतको आतिथ्यता रहेको थियो ।