चलचित्र ‘हामी तीन भाइ’को छायांकन सुरु

पालिका डायरी
२० श्रावण २०८०, १३:२९
चलचित्र ‘हामी तीन भाइ’को छायांकन सुरु

नेपाली कथानक चलचित्र ‘हामी तीन भाइ’को छायांकन सुरु भएको छ । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्रको छायांकन सुरु भएको हो ।

शुक्रबार मकवानपुरको चित्लाङबाट छायांकन सुरु गरिएको चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झालगायत कलाकारको अभिनय रहनेछ ।

निर्देशक भट्टराई स्वयंले चलचित्रको कथा लेखेका छन् । पटकथा तथा संवाद शिवं अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया