चितवनको मनकामना अस्पतालमा गर्भवतीको ज्यान गएपछि तनाव

पालिका डायरी
२० श्रावण २०८०, १२:२२
चितवनको मनकामना अस्पतालमा गर्भवतीको ज्यान गएपछि तनाव

चितवनको भरतपुरमा रहेको मनकामना अस्पतालमा उपचारका क्रममा एक गर्भवतीको ज्यान गएपछि तनाव भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नंं–२६ बस्ने ३२ वर्षीया नविना महतोको उपचारको क्रममा गएराति ज्यान गएको हो । तीन महिनाकी गर्भवती महतोलाई रक्तश्राव भएपछि परिवारले उपचारका लागि बिहीवार अस्पताल लगेका थिए ।

उहाँको हिजो दिउँसो अपरेसन गरिएको थियो । तर उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले अस्पतालले लापरबाही गरेको बताएका छन् । मृतकका आफन्तले अस्पतालको गेटमा ताला लगाएर घटनाको छानबिन गर्न माग गरेका छन् । अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

प्रतिक्रिया