चिउरी बगैंचालाई चिउरीबाटै परिचीत गराउने प्रयासमा अध्यक्ष पाण्डे

पालिका डायरी
१९ श्रावण २०८०, २१:१५

हेटौंडा / भीमफेदी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सागर पाण्डेको नेतृत्वमा आज बृक्षारोपण कायक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले भीमफेदीका युवा नेता समेत रहेका पाण्डेको अगुवाईमा आज भीमफेदी गाउँपालिकामा निर्माण भैरहेको चिउरी बगैंचा रंगशालामा १४ वटा चिउरीको बिरुवा रोपेका छन भने भोलि शनिबार ६० वटा गरि जम्मा ७४ वटा चिउरीको बिरुवा रोपिने पाण्डेले जानकारी दिए ।

अध्यक्ष पाण्डे सहित वडाका पदाधिकारीहरु र अन्य स्थानीयहरुको उपस्थितिमा चिउरीको बिरुवा रोपिएको थियो भने डिभिजन वन कार्यालय मकवानपुरले उक्त बिरुवा निशुल्क उपलब्ध गराएको थियो ।

 

आज शुक्रबारको दिन निर्माणाधिन चिउरी बगैंचा रङ्गशाला परिसरमा चिउरीको बिरुवा रोप्दै गर्दा चिउरी बगैंचामा चिउरीको बोट छैन ? भन्ने प्रश्नको जवाफ चिउरीको बिरुवा रोपेर दिने प्रयास गरेको उनले बताए।

उनले यस कार्यमा सहयोग गर्नुहुने सम्पुर्ण युवा दाजुभाई, आमा बुवा,दिदी बहिनी, डिभिजन वन कार्यालय लगाएत सम्पुर्ण वडा नम्बर ४ बासिन्दामा हृदय देखि नमन गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा साथ र सहयोगको अपेक्षा रहेको बताए ।

प्रतिक्रिया