बागमतीकी जीरीमाया भक्तपुरबाट हराइन्

पालिका डायरी
१९ श्रावण २०८०, १७:५८
बागमतीकी जिरीमाया भक्तपुरबाट हराइन्

हेटौंडा / मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर घर भई हाल भक्तपुर बिरुवा बस्ने जीरीमाया थिङ हराएकी छिन् ।

४२ बर्षीया थिङ यहि साउन १७ गते बुधबार साँझ ६ बजेबाट हराएकी हुन्। बुधबार आफ्नै घरबाटै बेपत्ता भएको थिङको श्रीमान मंगल बहादुर वाइबाले बताए । मोबाइलको लोकेशन हेर्दा काठमाण्डौंको बालाजु क्षेत्र आसपास देखाइरहेको वाइबाको भनाइ छ ।

देख्ने मानिसहरुले नजिकको प्रहरी कार्यलयमा खबर गरि दिनुहुन वाइबाले अनुरोध गरेका छन् । देख्ने मानिसले ९८५१०९०६१४ अथवा ९८४०९०४७८१ नम्बरमा खबर गरेर सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया