मनहरि गाउँपालिकाले सार्वजनिक जग्गामा नरिवल खेती शुरु गर्‍याे

पालिका डायरी
१९ श्रावण २०८०
मनहरी गाउँपालिकाको प्राथमिक तहका सबै प्रधानाध्याकहरूले दिए राजीनामा

मकवानपुरको मनहरी गाउँपालिकाले नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती शुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिकाको संयुक्त पहलमा मनहरि–४ वनकरिया खेलमैदान नजिकै एक हजार तीन सय ६० वटा नरिवलको बिरुवा रोपिको हो ।

नदीउकास क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्न, वातावरण हरियाली बनाउन तथा स्थानीयलाई आयआर्जनसँग जोड्न नरिवल खेती शुरु गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए । ‘नरिवल खेतीलाई निरन्तरता दिने गरी गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटेर अगाडि बढेका छौँ’, उनले भने । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा वन, वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा सामुदायिक वन तथा डिभिजन वनको सहयोगमा आयआर्जन गर्ने गरी नरिवलको बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

गाउँपालिका अध्यक्ष कालाखेतीले नरिवल रोपेर नदीउकास जमिनको संरक्षण हुनुका साथै बस्ती जोगाउन र आयआर्जनमा जोड्न सहयोग पुग्ने विश्वास लिएको बताए । मनहरि–४ को तीन लाख रुपैयाँ बजेटमा झन्डै दुई बिघा १० कट्ठा सार्वजनिक जग्गामा नरिवल खेती गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको छ लाख ५० हजार रुपैयाँमा तारजाली, घेराबार र खेतीको संरक्षण गर्न दुई जना कर्मचारी नियुक्त गरेर संरक्षणको जिम्मा दिइएको छ । मनहरि–७ मा लिची र अम्बा तथा वडा नम्बर ८ मा एभोकाडोको बिरुवा रोप्ने तयारी रहेको उहाँले जानकारी र्दिए ।

नदीउकास जग्गा अतिक्रमणमा पर्ने सम्भावना बढ्दै गएपछि संरक्षणसँगै वडा र गाउँपालिकाको आयआर्जनका लागि स्रोत बढाउने लक्ष्यसहित नरिवल खेती शुरु गरिएको वडा नम्बर ४ का अध्यक्ष प्रकाश थापाले बताए । ‘अहिले परीक्षणका लागि लगाएका छौँ, नरिवल खेतीको गोडमेल, संरक्षणलगायत काम वडा कार्यालयबाटै हुन्छ ।’

 

प्रतिक्रिया