पशुपतिको जग्गामा मारवाडी समाजसँगको सम्झौता भंग, नयाँ सम्झौता गरिने
मारवाडी समाजले भोग चलन गर्दै आएको पशुपतिनाथ मन्दिर क्षेत्रको जग्गाको सम्झौता संस्कृति पर्यटन मन्त्रालयले भंग गरेको छ।
मन्त्रालयले सम्झौता एक पक्षीय रुपमा भंग गर्दै नयाँ प्रक्रियाबाट सम्झौताका लागि १५ दिनभित्र आउन मारवाडी समाजलाई भनेको छ।
पर्यटनमन्त्री सुदन किरातीले उक्त जग्गामा भइरहेको भोगचलनबारेमा प्रश्न उठेपछि सम्झौता भंग गरेर नयाँ प्रक्रिया थालिएको बताएका छन्।
‘सम्बन्धित संस्था (मारवडी) समाजले गरेको समाजसेवाको उच्च मूल्याङ्कन गर्दै नेपालको प्रचलित कानुन, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशन र सर्वोच्च अदालतको फैसलको आधारमा समय सापेक्षेति सम्झौता र स्थायी समाधानका लागि आजसम्मको सम्झौता भंग गरिएको छ। १५ दिनभित्र पुन: सम्झौता गर्न आउन अनुरोध छ’, मन्त्रालयले भनेको छ।
प्रतिक्रिया


