हेटौंडामा पाँच वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेका अभियुक्त २० वर्षपछि पक्राउ

हेटौंडामा / पाँच वर्षीया बालिकाको बलात्कारपछि हत्या गरी फरार रहेका अभियुक्त २० वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा–११ सिमलटारका सोमबहादुर राई रहेका छन्। उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले शनिबार ललितपुरको गोदावरीबाट पक्राउ गरेको हो।
पक्राउ गरेलगत्तै राईलाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए।
२०६० असोज १८ गते बलात्कारपछि हेटौंडा–१० को राप्ती खोलाको पानीमा ढुंगाले च्यापेर हत्या गरेको प्रहरीको दाबी छ।
घटनाको समयमा २५ वर्षीय रहेका अभियुक्त राई अहिले ४५ वर्षका भए।

प्रतिक्रिया