मकवानपुरका किसानद्वारा हेटौंडाको बुद्धचोकमा धर्ना

हेटौंडा / मकवानपुरका किसानहरुले बिभीन्न मागहरु राख्दै आज हेटौंडाको मुख्य बजार बुद्धचोकमा धर्ना दिएका छन् । नेकपा एमाले निकट अखिल नेपाल किसान महाँसंघ तथा किसान संजालको आयोजनामा हेटौंडाको मुख्य चोक बुद्ध चोकमा धर्ना दिइएको हो ।
किसानका मागहरु पटक पटक सरकार समक्ष राख्दा पनि सुनुवाई नभएपछि धर्ना दिइएको अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष बिष्णु दंगालले बताए ।
विमा कम्पनीहरूले पशुवस्तुको बीमा भुक्तानी र नविकरण नगरेकोमा सरकारले वास्ता नगरेपछि देशभरको किसान आन्दोलित हुन परेको किसान महासंघका अध्यक्ष दंगालले बताए । सरकारले चलाएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बजारका सरट र स्टलहरू बिना प्रतिस्पर्धा पूरानै व्यापारीलाई दिने निर्णय गरेकोमा समेत आन्दोलन गरिएको महासंघले जनाएको छ ।
रासायनिक मलको अभाव व्यापक छ । तर सरकारले मलको अभाव छैन भनेर प्रचार गरेकोमा पनि किसानको ध्यानाकर्षण भएको दंगालले बताए । कृषि प्रधान देशमा किसानलाई आइपर्ने समस्या राज्यले सम्बोधन नगरेको भन्दै शुक्रबार विरोध प्रदर्शन गरेका हुन। सातै प्रदेशमा भएको विरोध तथा धर्ना कार्यक्रम मकवानपुरको हेटौडा १० बुद्धचोकमा भएको थियो ।