कुटपिट गरी आफ्नै श्रीमतीको हत्या, श्रीमान पक्राउ

पालिका डायरी
९ श्रावण २०८०, १२:५८
होटल संचालन गर्दै आएकी एकल महिलाको हत्या

हेटौंडा / सप्तरीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका–२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरू बीच घरायसी वादविवादको कारण झैं–झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी थिइन् । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया