लागुऔषध ब्राउन सुगर सहित बल पक्राउ

पालिका डायरी
९ श्रावण २०८०, १२:५४
एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका वडा नं.१५ म्याजिक चोकबाट लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा–१५ फारलाईन बस्ने २२ बर्षीय रबि बल रहेका छन् ।

गोप्य सुचनाको आधारमा प्रहरीले सोमाबर साँझ बाटोमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ५ दशमलव २ ग्राम ब्राउन सुगर वरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख टेक बहादुर कार्कीले बताए ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया