आधुनिक राष्ट्रिय माविले गर्यो एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

पालिका डायरी
९ श्रावण २०८०, ११:५८

हेटौंडा / हेटौंडा–४, मा रहेको आधुनिक राष्ट्रिय माध्यामिक विद्यालयले एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले एसईईमा सहभागी विद्यार्थीलाई सम्मान तथा भर्ना अभिमुखीकरण कार्यक्रम गरेको हो ।

आधुनिक माविबाट एसईईमा सहभागी १४ जनाले (ए प्लस), ४७ जनाले (ए), ६१ जनाले (वी प्लस), ८४ जनाले (वी), ४० जनाले (सी प्लस) र ११ जनाले (सी) ल्याएका थिए । सामुदायिक विद्यालयमा प्रथम भएको आधुनिक राष्ट्रिय माविबाट एसईईमा २५७ जना विद्यार्थी सहभागि भएका थिए । यसअघि आधुनिक मावि जिल्लामा प्रथम भएको थियो ।

“हाम्रो आधुनिक राम्रो आधुनिक, राम्रो आधुनिक हाम्रो आधुनिक” ’‘गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको विद्यालयका प्रध्यानाध्यापक रामसागर गुरागाईंले बताए । कक्षा ११ मा विज्ञान (साइन्स) संकायमा नया भर्ना सुरु गरिएको उनले जानकारी दिए । ४५ जना सिट संख्या रहेको साइन्समा विद्यार्थीहरु धमाधम भर्ना भईरहेको उनले जानकारी दिए ।

विद्यार्थी सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महमद समिम खान, विद्यालय व्यवस्थापन समिति र पिटिएका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया