एमाले मकवानपुरले मनायो पुष्पलालको स्मृति दिवस

हेटौंडा / नेकपा एमाले मकवानपुरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस मनाएको छ ।
आइतबार बिहान हेटौंडा-५ स्थित जिल्ला पार्टी कार्यालय अगाडी रहेको पुष्पलाल पार्कमा स्मृति दिवस मनाएको हो । पार्कमा रहेको पुष्पलालको शालिकमा माल्यार्पण गरिएको छ भने पार्टी कार्यालयमा रक्तदान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य देवि ज्ञवाली, केन्द्रीय सदस्यद्वय रामेश्वर राना, कृष्णप्रसाद दाहाल, प्रदेश सदस्यहरु अनन्त पौडेल, रघुनाथ खुलाल, नारायण सापकोटा, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल लगायत नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया