लम्पी स्कीन रोगबाट थाहामा २ सय १६ चौपायामा संक्रमण, १६ को मृत्यु

पालिका डायरी
७ श्रावण २०८०
लम्पी स्कीन रोगबाट थाहामा २ सय १६ चौपायामा संक्रमण, १६ को मृत्यु File Photo

गाईभैंसीमा देखिएको ‘लम्पी स्कीन’ रोगको नियन्त्रणका लागि थाहा नगरपालिकाको प्रयास जारी रहेता पनि हालसम्म थाहा नगरपालिकामा लम्पी स्कीनबाट १६ वटा चौपाया मरेको नगरको पशु सेवा शाखा प्रमुख संजय तिवारीले जानकारी दिए ।

लम्पीस्कीनको संक्रमण रोकथामका लागि सम्बन्धित किसानहरूलाई नगरको पशु सेवा शाखाबाट आवश्यक पर्ने खोप उपलब्ध गराइएको र सो खोप लगाउन शाखाले सहजीकरण गरिरहेको नगरको पशु सेवा शाखा प्रमुखतिवारीले जानकारी दिए।

तिवारीका अनुसार थाहा नगर भित्र सो रोग नियन्त्रण उन्मुख रहेको बताए। लम्पी स्कीन रोगबाट चौपायाहरु बचाउनका लागि किसानहरूले नगरको पशु सेवा शाखाबाट आवश्यक औषधी लैजाने क्रम पनि जारी रहेको थाहा नगरपालिका पशु शाखाकी मनिषा कटुवालनी मगरले बताइन्।

मगरका अनुसार थाहा नगरपालिका भित्र रहेका २१६ गाई भैंसीलाई लम्पी स्कीन रोग लागेको र ती मध्य १६ वटा चौपायाको रोगको कारण मृत्यु भएको बताइन साथै उनले नगरपालिका भित्र रहेका ९ सय गाई भैंसीलाई लम्पी स्कीन रोग बिरुद्धको भ्याक्सिन लगाइएको जानकारी दिएकी छिन्।

प्रतिक्रिया