करारका कर्मचारी निकालेर स्थायी कर्मचारिलाई ४५ % सम्म अतिरिक्त भत्ता थप्दै मनहरी गाउँपालिका

पालिका डायरी
४ श्रावण २०८०, १६:२०
मनहरी गाउँपालिकाको प्राथमिक तहका सबै प्रधानाध्याकहरूले दिए राजीनामा

हेटौंडा / मकवानपुर को मनहरी गाउँपालिकाले करार सेवामा रहेका २३ जना कर्मचारीलाई हटाउने भएको छ । साउन १ गते बसेको मनहरी गाउँपालिकाको कार्यपालिका बैठकले उद्यम विकास सहजकर्ता गोपीराम बल, प्राविधिक सहायक उज्वल रानामगर, मनहरी गाउँपालिका १ की अहेब सुष्मा श्रेष्ठलाई करार सेवामा नवीकरण नगर्ने निर्णय गरेको जनाएको छ ।

यस्तै गाइ भैंसी मा देखिएको लम्की स्कृन रोगको उपचारको लागि भनेर राखिएको पाच जना प्राबिधिकलाई पनि हाल महामारी नियन्त्रणमा रहेको जनाउँदै गाउँपालिकाले उनीहरुको करार अबधि नथप्ने निर्णय गरेको हो । यसै गरि मनहरी गाउँपालिकाबाट चितवन र हेटौँडातर्फ निकासी हुने गिटी, बालुवा, ढुंगाबापतको कर संकलनका लागि भर्ना गरिएका १५ जना कर्मचारीलाई पनि हाल ढुङ्गा बालुवा निकासी बन्द रहेकाले करार सेवा अबधि नथप्ने निर्णय गाउँपालिकाले गरेको छ । कर संकलन गर्न आफू अनुकूलका कर्मचारी गाउँपालिकाले भर्ती गरेको थियो । यी २३ जना बाहेक अरु सबै शाखाहरुमा कार्यरत करार सेवाका कर्मचारीहरुको अबधि पुस मसान्तसम्म थप गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।

बैठकले २०८० असार २५ गतेसम्म पेस भएका योजनाका फाइलहरु र भुक्तानी गरी फरफारक गरिएका योजनाहरु अनुमोदन गरेको छ भने काम सम्पन्न हुन बाँकीकाे म्याद थपका लागि माग गरेका १२ वटा योजनाका उपभोक्ता समितिलाई म्याद थप गर्ने निर्णय पनि गरेको छ ।
साउन १ कै कार्यपालिकाले बैठकले राती साँझमा समेत बसेर गाउँपालिकाको काम गर्ने कर्मचारीहरुलाई अतिरिक्त भत्ता सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

निर्णय बमोजिम प्रमुख प्रशासकीय अधिकृतले आफूले पाउँदै आएको तलब सुविधामा अब ४५ प्रतिशत थप सुविधा पाउने व्यवस्था गरिएको छ । त्यसैगरी लेखा प्रशासनमा काम गर्ने कर्मचारीले ३५ प्रतिशत थप सुविधा, राजश्व, जिन्सी र प्रशासनका कर्मचारीले ३० थप प्रतिशत सुविधा पाउनेछन् । योजना, प्राविधिक, कृषि, पशु, शिक्षा, स्वास्थ्य शाखासहित सबै शाखामा कार्यरत कर्मचारी र वडा सचिवले समेत २० प्रतिशत अतिरिक्त सुविधा प्राप्त गर्ने निर्णयमा उल्लेख छ ।

कार्यालय सहयोगी र चालकले भने १५ प्रतिशत मात्रै अतिरिक्त सुविधा पाउने निर्णय गरिएको छ

प्रतिक्रिया