साँगामा बस दुर्घटना हुँदा सातजना घाइते

पालिका डायरी
३ श्रावण २०८०, १८:४२
accident

भक्तपुरको साँगामा यात्रुवाहक बस भिरबाट खस्दा सातजना घाइते भएका छन् ।

धुलिखेलबाट काठमाडौं जाँदै गरेको बा.३ ख ९३९६ नम्बरको बस साँगानजिकै झोलुंगे पुलमुनि दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित सातजना घाइते भएका छन् । घाइतेमध्ये चारजनालाई मध्यपुर अस्पताल र तीनजनालाई युवामुरा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया