मनहरी–३ का वडा अध्यक्ष अर्यालद्वारा कार्यालय भित्रै कार्की माथी हातपात

पालिका डायरी
३ श्रावण २०८०

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्यालले आफ्नै वडा कार्यालयभित्र एक जना किशोरलाई हातपात गरेका छन् ।

वडा अध्यक्षले कार्यालयमा स्थानीय १७ वर्षिय प्रशान्त कार्कीलाई कुटपीट गरेका हुन् । कार्कीका कान्छी आमाले आफ्नी आमालाई कुटपीट गर्दा छेक्न आउने क्रममा वडा अध्यक्षले कुटपिट गरेको बताए ।

वडा अध्यक्षले हातले चार थप्पड घाँटीमा हिर्काएको कार्कीले बताए । आफ्नी आमा सानो कान्छी कार्कीलाई सानी आमा सम्झना कार्कीले वडा कार्यालयमा निर्घात कुटपिट गर्दा आफुले छेक्न गएको र छेकेको भन्दै वडा अध्यक्षले आफुमाथी कुटपिट गरेको उनले बताए । कार्की परिवारको घराएसी झगडा हुँदा वडा कार्यालयमा बिबाद मिलाउनुको सट्टा वडा अध्यक्षले उल्टै हातपात गरेका हुन् ।

वडा कार्यालय परिषरमा सहीको नेतृत्वमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए । तर, त्यहाँ पुगेको प्रहरी पनि रमिते बनेर बसेको छ । कुटपिट गर्ने वडा अध्यक्षलाई पक्राउ गर्नुको सट्टा प्रहरीनै रमिते बनेर बसेको स्थानीय वासिन्दाहरुले बताएका छन् । यस बिषयमा वडा अध्यक्ष अर्याललाई फोन गर्दा उनको फोन उठेन ।

भिडियाे 

प्रतिक्रिया