७ गते प्रधानमन्त्री प्रचण्ड इटाली जाने

पालिका डायरी
३ श्रावण २०८०, ०९:५३
६४ दिनमै अल्पमतमा परे प्रचण्ड, फेरि विश्वासको मत लिनैपर्ने File photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली जाने भएका छन् । संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिनका लागि प्रचण्ड इटाली जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड साउन ७ गते इटाली गएर साउन ११ गते नेपाल फर्किने कार्यक्रम रहेको बालुवाटार स्रोतले इकागजलाई जानकारी दियो ।

प्रधामन्त्री प्रचण्डको भ्रमणबारे आजको मन्त्रिपरिषद्‌ले निर्णय गर्ने बताइएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट २० सदस्य जाने तयारी भइरहेको छ ।

प्रतिक्रिया