हेटौंडामा गेष्ट हाउसबाट सञ्चालकसहित ९ जना युवती पक्राउ

पालिका डायरी
१ श्रावण २०८०, २०:५०
एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ

हेटौंडा / हेटौंडाको एक गेष्टहाउसबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित एसियन गेष्ट हाउसबाट गएराती सञ्चालक सहित ९ जना युवतीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

होटेलमा बालिकाहरूलाई जबरजस्ती अनैतिक गतिविधिमा संलग्न गराइएको भन्दै सो होटेल सञ्चालक ४१ बर्षीय बिक्रम श्रेष्ठलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार यो विषयमा छानबिन भइरहेको र मुद्दा दायर गरेर अघि बढ्ने तयारी गरिएको छ।

प्रतिक्रिया
palikadiary-pakrau