छात्रवृत्ती रकम बितरण

पालिका डायरी
२३ असार २०८०, १४:३४

हेटौंडा / हेटौंडा १ मा रहेको श्री अमर मा.बि. की छात्रा सुमिना भोम्जन लाइ महालक्ष्मी बैंकले ५० हजार रुपैयाँ छात्रवृत्ती रकम हस्तान्तरण गरिएको छ ।

लेट मिस्टर अशोक श्रेष्ठ महालक्ष्मी मेरिट स्कलरसिप कार्यक्रम अन्तरगत कक्षा १० मा अध्ययनरत् जेहेन्दार छात्रा भोम्जनलाइ रकम हस्तान्तरण गरिएको हो ।

सो रकम स्वर्गिय अशोक श्रेष्ठकी धर्मपत्नि तथा कार्यक्रमकी प्रमुख अतिथि निर्मला श्रेष्ठको हातबाट प्रदान गरिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्येश्यले हेटौंडा स्थित् महालक्ष्मी बैंकले बर्षैपिच्छे छात्रवृत्ती प्रदान गर्दै आएको महालक्ष्मी बैंकका सम्भुप्रसाद पराजुलीले बताए । महालक्ष्मी बैंकका अनन्तराज धितालको सभाध्यक्षतामा कार्यक्रम भएको भएको थियो ।

कार्यक्रममा हेटौंडा १ का वडाध्यक्ष सबिन न्यौपाने , अमर मा.बि.का ब्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतम , बिद्यालयकी प्रधानाध्यापक मालती उपे्रती लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया