श्रीमतीको हत्या आरोपी महतोद्वारा प्रहरिमा आत्मसमर्पण

पालिका डायरी
२३ असार २०८०, १२:२२
अस्पताल लगिएको कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार

सर्लाहीको हरिवन नगरपालिका वडा न ५, घुर्कौलीमा एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

हरिवन नगरपालिका वडा न ५ का स्थानीय ३५ वर्षीय रामभरोस महतोले श्रीमती ३० वर्षीया नैनकुमारी महतोलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका सर्लाही प्रहरिले जनाएको छ ।

महतो र श्रीमती बिच घरायसी विवाद हुँदा महतो आवेशमा आइ श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छिमेकीका अनुसार महतो दम्पतिबीच यसअघि देखि नै घरायसी झगडा हुँदै आएको थियो । श्रीमतीको हत्या गरी रामभरोस आफै इलाका प्रहरी कार्यालय हरिवनमा आएर आत्मसमर्पण गरेका छन् ।

उनलाई हिरासतमा राखी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारुले बताए ।

अभियुक्तले ईलाका प्रहरि कार्यालय हरिवनमा आएर आत्मसमर्पण गरेपछि प्रहरी घटना बारे थाहा भयो र प्रहरि घटनास्थलमा पुगेर मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाही पठाइएको छ ।

प्रतिक्रिया
nepal-police-1536×1536