बालुवाटारमा सत्ता गठबन्धनको बैठक

पालिका डायरी
२१ असार २०८०, १०:५०
बालुवाटारमा सत्ता गठबन्धनको बैठक

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्री निवासमा जारी बैठकमा संसद्‌मा जारी अवरोध, कोशी प्रदेशको मुख्यमन्त्री चयन, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल भइरहेको छ।

बैठकमा सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउतलगायत नेता सहभागी छन्।

प्रतिक्रिया