प्रतिपक्षी दलका योजना समावेश गर्ने प्रतिवद्धतापछि बागमतीको अवरोध हट्यो

पालिका डायरी
१८ असार २०८०, १६:४९
बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेश सभाको अवरोध हट्ने भएको छ। प्रदेश सरकारले प्रतिपक्षी दलहरूका योजनालाई समावेश गर्ने प्रतिवद्धता जनाएसँगै विपक्षी दलले अवरोध हटाउने भएको हो।

प्रदेश सभामा सोमबार भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलका योजनालाई पनि समोवश गर्ने सहमति गरेको नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए।

सहमति जुटेसँगै प्रदेशसभाको बैठक आजै बस्ने थपलियाले बताए। अब बस्ने बैठकमा अर्थमन्त्री बहादुरसिंह लामाले यही प्रतिवद्धता जनाउने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए।

यसअघि विपक्षी दलहरुले तीन पटक बैठक अवरोध गरेका थिए ।

प्रतिक्रिया