बागमती प्रदेशसभामा प्रतिपक्षको नाराबाजीपछि बैठक स्थगित

पालिका डायरी
१७ असार २०८०, १८:३३
बागमती प्रदेशसभामा प्रतिपक्षको नाराबाजीपछि बैठक स्थगित

हेटौँडा / बजेटको विषयमा बागमती प्रदेशसभा बैठकमा नाराबाजी भएको छ । जनविरोधी बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले सहित राप्रपा र नेमकिपाका प्रदेशसभा सदस्यहरुले नारावाजी गरेपछि बैठक अबरुद्ध भएको हो ।

आज बैठकको प्रारम्भमा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले धारणा ब्यक्त पछि विपक्षको नाराबाजीसँगै बैठक स्थगित भएको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि सार्वजनिक गरेको विनियोजित बजेटमाथिको छलफल गर्न आज अपराह्न २ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा २ घण्टा ढिलो गरी ४ बजेपछि बसेको थियो ।

सांसद गोरसाईँले आफ्नो भनाई राखेर फर्किएसँगै सभामुख पाठकले छलफलमा सहभागी हुन अर्का प्रदेश सभाका सदस्यको नाम रोष्टममा बोलाएका थिए । सो क्रममा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरुले वयल घेराउ गरी नाराबाजी गरे ।

सभामुख पाठकले पटक–पटक उनीहरुलाई आ–आफ्नो आसनमा बस्न आग्रह गरेपनि उनीहरुले नारा लगाउन नछोडेपछि प्रदेश सभाको बैठक आजै अपराह्न साढे ५ बजेसम्मका लागि स्थगित गरे ।

प्रतिक्रिया
abaruda-1536×880