भीमफेदिको गङ्गटेमा खानेपानी पुग्दा स्थानीय दंग

राम कुमार दानी
हेटौंडा / भीमफेदी गाउँपालिका वडा नम्बर ८ साविक ईपा पन्चकन्या वडा नम्बर १ गङ्गटेमा बृहत खानेपानी आयोजना सम्पन्न भएको छ । च्यासुर गंगटे बृहत खानेपानी आयोजना उपभोक्ता समिति मार्फत खानेपानी योजना सम्पन्न भएको हो ।
स्थानीय जनश्रमदान बाहेक गत आर्थिक वर्ष २०७८/७९ र चालु आर्थिक वर्ष २०७९/८० को ४० लाखको लागतमा खानेपानी आयोजना सम्पन भएको च्यासुर गङ्गटे खानेपानी निर्माण उपभोक्ता समितिको अध्यक्ष बिक्रम घिसिङ्गले बताए । भीमफेदी गाउँपालिकाको दुई आर्थिक वर्षमा ४० लाख रुपैया र स्थानीय जनश्रमदानबाट खानेपानी आयोजना सम्पन्न भएको हो । गङ्गटेबाट करिब ५ किलोमीटर पर च्यासुर खोलाबाट पाइपलाइन बिस्तार गरेरे गङ्गटे ल्याइएको पानी १ हजार २ सय मिटर माथी गङ्गटे लेखसम्म लिफ्यिङ्ग गरेर गङ्गटेको सबै घरमा खानेपानी पुर्याइएको अध्यक्ष घिसिङ्गले बताए ।
यस खाने पानी योजना सम्पन्न हुदा गङ्गटेका करिब ७० घर परिवार खानेपानीको पहुचबाट लाभान्वित भएका छ्न । भीमफेदी गाउँपालिकाको उपल्लो भाग बकैया गाउँपालिकाको ठिङ्गगनसंग जोडिएको यो गङ्गटे खाने पानी बाट वर्षौदेखी बन्चित थिए । अहिले गाउँपालिका भएपछि आफ्नै गाउँको आफ्नै भान्जो हिदम लामा गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि मर्ने बेलामा भएपनि सफा खानेपानी खान पाईयो भन्दै स्थानीय ८१ वर्षिय सेतेमान वाईबा खुसी देखिए ।
यस्तै स्थानीय औतार सिङ्ग न्यासुरले अब बल्ल सफा पानी त्यो पनि आगनमै आउदा हिदम लामालाई धन्यवाद नदिनेत कुरै भएन भन्दै खुसी व्यक्त गरे । गाउँभरी घर घरमा खानेपानीको धारा आएसी अब पधेरामा पानी लिन जाने समय अरु काम गर्न पाईयो भन्दै स्थानीय कोपिला जिम्बा हर्षित मात्र भैनन् गहभरी आँसु बगाउदै बल्ल पधेरा जाने कामको अन्त्य भएको बताइन ।
भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामा अध्यक्ष भयपछि पुस्तौ पुस्ता देखि ईपाका मैहु भन्नेले गर्न नसकेको काम भएको भन्दै स्थानीय लक्ष्मण वाईबाले खुलेरै अध्यक्ष लामाको प्रसंषा गरे । आगामी आर्थिक वर्षमा घर घरमा मिटर जडान गरेर सफा र स्वच्छ पिउने पानी पुर्याउने वडा अध्यक्ष विष्णु बहादुर लामा बताउछ्न । वडा अध्यक्ष लामाले गङ्गटेका जनताको अतिनै आवश्यक यो खानेपानी पूरा गर्न थुप्रै चुनौतिको बाबजुत यो खानेपानीको निर्माण सम्पन गरेकोमा निर्माण उपभोक्ता समितिलाई धन्यवाद व्यक्त गरे ।