जलपरी झरनालाई श्रृङ्गार्न जुटे राक्सिराङ्ग गाउँ सरकार र जनता

पालिका डायरी
१६ असार २०८०, ०९:५१
जलपरी झरनालाई श्रृङ्गार्न जुटे राक्सिराङ्ग गाउँ सरकार र जनता

राक्सिराङ्ग गाउँपालिकाको पर्यटन क्षेत्र भन्ने बित्तिकै राक्सिराङ्ग ३ मा अवस्थित जलपरी  झरना र वडा नम्बर ९ मा अवस्थित भिम्बुङको नाम सबैको मुखमा झ्वाट्ट आईहाल्ने नाम हो । यी दुई प्रमुख पर्यटनको गन्तव्य मध्ये जलपरी झरना मनहरी देखि नजिक रहेकोछ । त्यस क्षेत्रलाई थप आकर्षक बनाउन शुक्रबार विभिन्न फुलका बिरुवाहरु  लालुलाते, चुवा, घण्टी फूल, सयपत्री लगायतका करिब ५ सय फूलका बिरुवा झरनाको वरिपरि सारिएको हो ।

आफू निर्बाचित भएर पहिलोचोटी यश ठाउँको बारेमा थाहा पाएको र राक्सिराङ्गलाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउने यो उत्तम उदाहरण हुनसक्ने भन्दै संरक्षण र प्रबर्द्धनको लागि काम अगाडि बढाईएको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले यस्ले मुर्तरुप लिन समय लागेको र दोश्रो कार्यकालमा यसलाई आन्तरिक तथा बाह्य पर्यटकको लागि उत्कृष्ट गन्तव्य बनाईछोड्ने बताउनुभयो ।

गाउँका बालक देखि बृद्धासम्म सयौंको संख्यामा उपस्थित स्थानियले घर घरबाट रैथाने फूलका बिरुवा , आँप लगाएत अन्य बिरुवा सार्न स्वतस्फूर्त तैयार देखिन्थे ।सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहको बन क्षेत्र भित्र पर्ने जलपरी झरनालाई थप रौनकता प्रदान गर्न चमेरो गुफा पनि झरनाको काखैमा रहेकोछ ।

बृक्षारोपण कार्यक्रम समापन पछिको औपचारिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एबम राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले रोपिएको बिरुवा भोलिको सन्ततिका लागी हो भन्दै पर्यटनको माध्यामद्वारा राक्सिराङ्गको समृद्धिको खाका खोल्न सम्भव छ भन्नुभयो । ब्यक्तिगत स्वार्थको लागि हिडे आफूहरु जनताको जुत्ताको माला लगाएर हिड्न तैयार रहेको बताउनुभयो । आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि प्रस्तुत भएको नीति तथा कार्यक्रम एबम बजेटमा रहेको कार्यक्रमले राष्ट्रिय स्तरमा चर्चा र लोकप्रियता छाईरहदा राक्सिराङ्गलाई कमाई खाने भाँडो बनाई हिड्ने केही तत्वहरुले रोईला गरेको देख्दा आफू अचम्ममा परेको बताउनुभयो ।साथै राक्सिराङ्गमै जनता अडियोस भन्ने उद्देश्यले उक्त कार्यक्रम समाबेश गरिएको समेत प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया