हेटौंडामा ७२ औं मदन जयन्तीका अवसरमा सम्मान तथा पुरस्कार वितरण

हेटौंडा / मदनभण्डारी फाउण्डेसन मकवानपुरको आयोजनामा आज हेटौंडाको शहिद स्मारकमा ७२ औं मदन जयन्तीको अवसरमा सम्मान, पुरस्कार वितरण तथा श्रदाशुमन कार्यक्रम गरिएको छ । स्मारकमा रहेको स्वर्गिय मदन भण्डारीको शालिकमा माल्यार्पण समेत गरिएको छ ।
कार्यक्रमको उद्घाटन् गर्दै फाउण्डेसनका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीले विश्वलाईनै तहल्का मच्चाउनेगरी काम गरेको स्मरण गराउनुभयो । आज देशैभरी बिभीन्न कार्यक्रम गरेर उहाँको सम्झना गरिएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य देवि ज्ञवाली, केन्द्रीय सदस्य रामेश्वर राना, एमालेका नेताहरु अनन्त पौडेल, एकालाल श्रेष्ठ, बद्री लंसाल, श्रीधर पोख्रेल, पद्मा पौडेल लगायतकाको आतिथ्यता रहेको थियो ।
मदनभण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा जनआन्दोलनका घाइते गोकर्ण तिवारीलाई सम्मान गरिएको थियो । सप्ताहब्यापी कार्यक्रममा उत्कृष्ट भएकाहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।