मकवानपुगढीले ल्यायो ६२ करोड २ लाख बजेट

पालिका डायरी
१० असार २०८०, २२:०२

हेटौंडा  / मकवानपुरगढी गाउँपालिकाले आव २०८०÷०८१ का लागि ६२ करोड २ लाख ५६ हजारको अनुमानित बजेट ल्याएको छ ।

आइतबार वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन९नेपाली०ले ६२ करोड २ लाख ५६ हजारको अनुमानित आय पेश गरेकी थिइन् । उनले आयतर्फ सरकार वित्तीय समानिकरण अनुदान ९ करोड ७४ लाख, प्रदेश सरकार वित्तीय मानिकरण अनुदान ८६ लाख गरी वित्तीय समानिकरण अनुदानमा १० करोड ६० लाख प्राप्त भएको बताएकी छन् ।

उनले संघीय सरकार राजश्व बाँडफाँड मूल्य अभिवृद्धि कर ६ करोड २२ लाख बाँडफाँड भई प्राप्त हुने अन्तरशुल्क राजश्व ३ करोड ६, खानी तथा खनिज सम्बन्धी रोयल्टी बाँडफाँडबाट १ करोड २५ लाख, घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट १ करोड २७ लाख बाँडफाँडबाट प्राप्त हुने सवारीसाधन कर १ करोड ७५ लाख, बाँडफाँडबाटै वन रोयल्टी ५ लाख ७२ हजार, जलस्रोत रोयल्टीबाट १ लाख, नदिजन्य पदार्थ बाँडफाँडबाट हुने आय ४ करोड ५० सहित १८ करोड ५ लाख ७८ हजार अनुमान पेश गरेकी थिइन् ।

प्रतिक्रिया