भीमफेदी गाउँपालिकाको कार्यक्रम : सामाजिक सुरक्षा व्याज देखि रैथाने बालिमा नगद अनुदानसम्म

पालिका डायरी
१० असार २०८०, २१:१२
खडेरीको मारमा परेका किसानलाई रैथानेबालीको खेति गरे भीमफेदी गाउँपालिकाले अनुदान दिने

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि ६८ करोड ५४ लाख १९ हजार ७ सय ६९ रुपैंया को बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु तर्फ ३३ करोड २० लाख ८ हजार १ सय ६६ रुपैंया रहेको छ भने पुँजीगत तर्फ ३५ करोड ३४ लाख ९१ हजार ६ सय ३ रुपैंया रहेको छ ।

आगामी आर्थिक बर्षको बजेटमा बिशेषगरी कृषि र स्वोरोजगार क्षेत्रलाई प्राथमिकतामा राखिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । उनले यो बर्ष चरम खडेरीको कारण अधिकांश किसानको मकैबालिमा करिब ३० प्रतिशत घाटा लाग्ने निश्चित भएको हँुदा यसलाई मध्यजनर गरेर अनिकालबाट जोगाउन यस्तो योजना ल्याइएको बताइएको छ । यसको समाधानको लागि रैथानेबाली कोदो र फापर लागाउने किसानको लागि उत्पादनको आधारमा नगद अनुदानको ब्यवस्था गरिएको अध्यक्ष लामाले बाताए ।

यस्तै आगामी बर्षको बजेटमा उद्यमी महिला तथा युवाहरुको लागि ब्याज अनुदानको पनि व्यवस्था गरिएको बताए । यस्तै आगामी बर्षको बजेटमा पालिकामा कार्यरत मजदुरहरुकोे पालिकामा सुचिकृत गराएर अनिवार्य सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने पनि बजेट मार्फत समेटिएको अध्यक्ष लामाले जानकारी गराए ।

आज भएको गाउँपालिकाको दशौं गाउँ सभामा पालिकाका उपाध्यक्ष सन्जिव श्रेष्ठले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भए पश्चात सर्वसम्मत पारित भएको हो ।

प्रतिक्रिया