चौकिटोलमा टिपरको ठक्करबाट दुईजना घाइते

हेटौंडा / त्रिभुवनराज पथ अन्तरगत हेटौंडा-१ चौकीटोलमा टिपरको ठक्करबाट दुईजना घाइते भएका छन् ।
स्कुटरलाई ठक्कर दिंदा घाइते भएकाको हेटौंडा अस्पतालमा उपचार भइरहेको र पछाडि बस्ने २५ बर्षीय सुनिल कपालीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने टिपरको नम्बर नखुलेको र खोजि गरिरहेको जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया