राक्सिराङ्ग गाउँपालिकाकाे बजेट ५९ करोड ९५ लाख २५ हजार

पालिका डायरी
९ असार २०८०, २०:५२

मकवानपुरको राक्सिराङ गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ५९ करोड ९५ लाख २५ हजार रहेकाे छ । शनिबार गाउँपालिकाकाे चाैथाे गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८०/८१ को लागि उक्त बजेट पारित भएकाे हाे ।

पालिकालाई केन्द्रबाट सवै किसिमकाे अनुदान मार्फत ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ र प्रदेशबाट ७ करोड ७९ लाख ३२ हजार रुपैयाँ प्राप्त भएको बजेटमा उल्लेख गरिएकाे छ ।

पालिकाले शिक्षातर्फ १५ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक विकासतर्फ ३ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ भने कृषितर्फ १ करोड ७२ लाख बजेट विनियोजन गरेको छ । स्वास्थ्यतर्फ ४ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको राक्सिराङ्गले पूर्वाधार विकास विकासतर्फ ७ करोेड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शनिबार भएकाे गाउँपालिकाकाे चौथाे गाउँ सभामा पालिकाका उपाध्यक्ष वनस्तम थिङले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत भएकाे नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भए पश्चात सर्वसम्मत पारित भएको हो ।

यसैगरी गाउँसभाबाछ अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अर्थ विधेयक, २०८० र खर्च सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेकाे विनियाेजन विधेयक,२०८० समेत पारित गरेकाे छ । उक्क विधेयक गाउँपालिका अध्यक्षबाट प्रमाणिकरण भए पछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया