खैरो हिरोइनसहित हेटौंडाबाट एक भारतीयसहित दुईजना पक्राउ

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगर-१५ स्थित रातोमाटेबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मोतिहारी-४ बस्ने १७ वर्षीय धिरज कुमार र बाराका १४ वर्षीय विष्ण कुमार रहेको बागमती प्रदेश प्रहरीले जनाएको छ ।
बुधबार पथलैयाबाट हेटौंडा आउदै गरेको ना.१ ज ८६८८ नम्बरको माईक्रोलाई चेक जाँच गर्दा माईक्रोमा सवार धिरजको साथबाट अन्दाजी ५/६ ग्राम खैरो हिरोइन बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले धिरजका साथी रहेका विष्णलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया