हेटौंडा १५ मा आगामी आर्थिक बर्षको योजना तर्जुमा सम्पन्न

पालिका डायरी
५ असार २०८०, २१:२३

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा आगामी आर्थिक बर्ष ०८०/०८१ को योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्टि सम्पन्न भएको छ । मंगलबार वडा कार्यालयमा कार्यशाला गोष्टि सम्पन्न भएको हो ।

हेटौंडा उपमहानगरपालिकाले दिएको सिलिङ्ग बजेट २ करोड १० लाख रुपैंयाको परिधी भित्र रहेर वडालाई सुखी र समृद्ध बनाउनका निम्ती सर्बपक्षीय ढङ्गबाट वडामा बजेट विभाजन गर्न भेलाको आयोजना गरेको वडा अध्यक्ष सुनिल मुक्तानले बताए । जहाँ बढि समस्या छ त्याहि बढी बजेट हालेर काम गर्न सबै राजनीतिक दललाई आग्रह गरे ।

सिलिङ बजेटमा आएको पैशा शिर्षक वाइज हुने जानकारी गराउँदै अध्यक्ष मुत्तानले वडाको शिक्षा, स्वस्थ्य, कृषि, भौतिक पुर्वाधार, युवा र महिला लक्षित लगाएतको क्षेत्रमा सबैको सहकार्यमा बिनियोजन हुने जानकारी गए । ‘मुखले पारदर्शी भन्ने चोक चिया चौतारिमा विरोध गर्ने अनि यो बर्षभरिको योजना छनोट गर्ने सल्लाह सुझावमा दिने कार्यक्रमा दुई घन्टा उपस्थिति हुन नसक्ने मान्छेको कारण समुदाय पछाडी परेको हो,’ अध्यक्ष मोक्तानले भने । उनले छलफलमा आएको सल्लाह सुझावलाई केन्द्रित गरेर बजेट बाँडफाड गरि पारदर्शी ढङ्गगबाट काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

वडामा कृयाशिल राजनितिक दलको अल्छिपनाले गएको आर्थिक वर्षमा प्रदेशको बजेट कम परेको गुनासो गर्दै उनले भने, हाम्रो नगरपालिकाको सिलिङ्ग बजेट २ करोड १० लाख थोरै बजेट भएकोले सबैको मनोभावना बुझेर वडालाई पहिचान र चिनारी हुनी ढङ्गले बजेट बिनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । गएको अर्धबार्षिक योजनाको समिक्षामा दोस्रो भएको हाम्रो वडा आउने दिनमा पहिलो हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।


उनले साबिकको चुरिया माईलाई खेल क्षेत्र बाट परिचित गराउन चुरियामाई रंगशाला बनाएर वडालाई परिचित गराउने धारणा व्यक्त गरे । उनले महिला बालबालिका धर्म संस्कृती जस्तो अति संवेदनशिल ठाउँमा अझ बढी ध्यान दिने पनि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी जाते टोल विकास संस्थाको प्रतिनिधि राजेन्द्र वाइवाले एक बर्षको कार्यकालमा भौतिक पुर्वाधारको क्षेत्रमा उल्लेख्य उपलब्धि भएको बताए । चालु आर्थिक बर्षमा शिक्षाको क्षेत्रमा अलि प्रगती कम भएकोले आउने यो आर्थिक बर्षमा शिक्षालाई अलि बढी प्राथमिकतामा राख्न सुझाव दिए । यस्तै अर्का सहभागी मिना लामाले वडाको बजेटले सीप विकासमा अलिबढि प्राथमिकतामा राखेर लैजान सल्लाह दिइन् । उनले महिला तथा बालबालिकाको लागि क्षमता विकासमा वडाले ध्यान दिन वडाको बजेट पारदर्शी ढंगमा बिनियोजन गर्न आग्रह गरिन् ।

 

प्रतिक्रिया