५ गतेबाट सञ्चालनमा आउँदै हेटौंडा कृषि बजार

पालिका डायरी
३ असार २०८०, १६:३५

हेटौंडा / हेटौंडा ४ मा हेटौंडा कृषि बजार सञ्चालनमा आउने भएको छ । आउँदो ५ गते अर्थात मंगलबार त्रिवेणी भेजिटेबल मल्टी प्रालिद्धारा सञ्चालित हेटौंडा कृषि बजार सञ्चालनमा आउने भएको हो ।

त्रिवेणी भेजिटेबल मल्टी प्रालिद्धारा सञ्चालित हेटौंडा कृषि बजारको संरचना सकिएसँगै कृषि बजार सञ्चालनमा आउन लागेको सञ्चालक सदस्य अभ्यास भुजेलले बताए। हेटौंडा बजारको मेनरोड, हेटौंडा–४ स्थित नारायणी मलको उत्तरी साइडमा रहेको यस कृषि बजारमा तरकारी, फलफूल, किराना सामाग्री देखि माछा मासु सम्म एकैठाउँका पाइने छ ।

भुजेलका अनुसार यो बजारमा कृषि सामाग्री मात्रै नभएर घरायसी सम्पूर्ण सामान एकै ठाउँमा पाउने गरि बजार खुल्न लागेको हो । ‘यहाँ तरकारी पसल, किराना पसल, भाडाकुँडा देखि खाजाघर तथा घरायसी सम्पूर्ण समानको स्टल रहनेछ,’ भुजेलले भने। व्यवस्थीत बजार बनाएर हेटौंडाका मानिसहरुलाई सबै सामान एकैठाउँमा उपलब्ध हुने सुविधा सहित कृषि बजार सञ्चालन गर्न लागेको उनको भनाई छ।

१५० वटा स्टलहरु रहेको यस कृषि बजारमा व्यवसाय गर्न चाहानेहरुको लागि स्टल बुकिङ खुल्ला रहेको बताइएको छ । झण्डै ७० प्रतिशत स्टल बुकिङ भैसकेको बताउँदै उनले छिटोभन्दा छिटो सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया