हेटौंडा १५ को नि:शुल्क स्वास्थ्य शिविरमा ७ सय ९५ जनाले लिए सेवा

पालिका डायरी
३ असार २०८०, १४:४३

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ को आर्थिक सहयोगमा  चुरीयामाई स्वास्थ्यचौकीमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । चुरीयामाई स्वास्थ्यचौकीको आयोजना तथा हेटौंडा मोडन अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा संचालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा ७ सय ९५ जनाले सेवा लिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१५ का वडा अध्यक्ष सुनिल मुक्तानले जानकारी दिए । अध्यक्ष मुक्तानले स्वास्थ्यनै मानिसको मुख्य आधार र स्वास्थ्यनै मानिसको पहिलो र महत्वपूर्ण धन भएकोले वडा कार्यालयले वडाको जनताको स्वास्थ्यलाई  प्राथमिकता  दिएर  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए ।

उनले भने जनताको स्वास्थ्यनै राम्रो नभए बाटो घाटो पुल पुलेसाको अर्थ नहुने भएकोले जनताको स्वास्थ्य सङ्गै अन्य भौतिक पुर्वाधारको काम अगाडि बढाइने बताए  । १५ नम्बर वडामा प्रत्यक चार–चार महिनामा वडा कार्यालयको सहयोगमा शिविर गरिदै आएको मुक्तानले बताए ।

शिविरमा नाक, कान, घाँटी, दाँत, सर्जन, हाडजोर्नी, फिजिसिएन, पाठेघरको जाँच समेत गरिएको थियो । शिविरमा डाक्टर बसन्तमान श्रेष्ठ, डाक्टर बिनेश्वरी श्रेष्ठ, डाक्टर अनुप सञ्जेल, डाक्टर सरोज प्रधान, डाक्टर सुनिल कुस्वाह, डाक्टर साजित अन्सारी, डाक्टर प्रमोद चौरासीया लगायतकाले सेवा दिनु भएको थियो ।

प्रतिक्रिया