हेटौंडामा १ करोड ५५ लाखको अबैध कपडा बरामद, दुई जना पक्राउ

पालिका डायरी
३ असार २०८०, १४:०६
भन्सार छलेर ल्याइएको करिब डेढ करोड मूल्य बराबरको कपडा बरामद

हेटौंडा / मकवानपुर प्रहरीले भारतबाट भन्सार छली ल्याएको करिब डेढ करोड मूल्य बराबरको ९० बोरा कपडासहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

(हिजो) शनिबार प्रहरीले सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको बी आर ०६ जी ई ५०५३ नम्बरको भारतीय ट्रकलाई हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट नियन्त्रणमा लिएको थियो ।

ट्रकमा चारैतिरबाट प्याजको बोराहरुले छोपी बिचमा ९० बोरा कपडा लुकाएर ल्याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । कपडाको मूल्य १ करोड ५५ लाख ६ सय ९७ रुपयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चालक भारतीय नागरिक रजौद सिंह र सहचालक सुधीर कुमार प्रहरीको नियन्त्रणमा रहेको र ट्रकसहित कपडाहरु थप अनुसन्धानका लागि राजस्व कार्यालय हरिहर भवन लतितपुर पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया