हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्व ६० करोडको बजेट, चालु वर्ष भन्दा आगामी बर्षका लागि किन घट्यो बजेट ?

पालिका डायरी
२ असार २०८०, १५:२७
उपमहानगरले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण गर्न ८ करोड, हेटौंडा–४ मा बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्न २ करोड, चालु आवमा सम्झौता भइ जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि २१ करोड २२ लाख र पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाले आज नगरसभामा २ अर्व ६० करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरसभाको बैठकमा उपमेयर राजेश कुमार बानियाँले आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि यो बजेट प्रस्तुत गरेका छन् ।

उपमहानगरपालिकाको बजेट चालु आर्थिक वर्षको भन्दा ७३ करोड रुपैयाँ घटाएर ल्याइएको हो । उपमहानगरपालिकाले संशोधित बजेट सहित चालु आर्थिक वर्षका लागि ३ अर्व ३३ करोड १३ लाख रुपैयाँको बजेटको कार्यान्वयन गर्दै छ । तर, आगामी आर्थिक वर्षका लागि भने संघीय सरकारले दिने अनुदान रकम घटेर आएको, प्रदेश सरकारबाट आउने रकम पनि घटेर आएको, मालपोत लगायतका राजश्व रकम पनि घटेर आएकाले बजेटको आकार घटाएर ल्याएको हो ।

उपमहानगरले आन्तरिक श्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार ७० रुपैयाँ, राजश्व बाँडफाँडबाट ५९ करोड १४ लाख १० हजार ७ सय ३० रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ व्यहोरिने नगर उपप्रमुख राजेश बानियाँले १३ औ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम मार्फ़त उल्लेख गरिएको छ।

उपमहानगरको १३ औं नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था अनुसार सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख, पूर्वाधार विकासमा ३८ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ६७ लाख तथा वातावरण तथा विपद् व्यवस्थापनमा ७ करोड १५ लाख विनियोजन गरिएको छ ।

उपमहानगरले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण गर्न ८ करोड, हेटौंडा–४ मा बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्न २ करोड, चालु आवमा सम्झौता भइ जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि २१ करोड २२ लाख र पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया
IMG_5093