आग्राबाट बरामद गाँजा जलाएर नष्ट

पालिका डायरी
१ असार २०८०, १५:२२

मकवानपुरको थाहा नगरपालिका- ७ का वडाध्यक्ष शिवराज थिङसहितको घरबाट बरामद गरिएको गाँजा शुक्रबार जलाएर नष्ट गरिएको छ ।

शुक्रबार इलाका प्रहरी कार्यालय पछाडि खोला किनारामा सो गाँजा नष्ट गरिएको हो ।

बैशाख १८ गते लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय पालुङको टोलीले इन्द्रबहादुरको घरबाट १७५ किलोग्राम, वडाध्यक्ष थिङ र भीम बहादुरको घरबाट ३० वटा पोकामा २७ किलो गाँजाको धुलो फेला पारेको थियो ।

थाहा नगरपालिका-७ आग्राका ७६ वर्षीय भीमबहादुर थिङ, वडाध्यक्ष शिवराज थिङ र ६७ वर्षीय ईन्द्रबहादुर थिङ पक्राउ हाल प्रहरी हिरासतमा छन् । उनीहरुविरुद्व अदालतबाट म्याद थप गरि मुद्दाको अनुसन्धान गरिरहेको छ । यद्यपि यहि साता उनीहरु विरुद्व थुनछेक हुने सम्भावना छ । उनीहरु पुर्पक्षका लागि थुनामै जान्छन् वा धरौटीमा छुट्छन् भन्ने कुरा थुनछेक आदेशपछि थाहा हुनेछ ।

प्रतिक्रिया