नेपाल भारत–बिश्व मैत्री संघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न
राज कुमार के.सी.
हेटौंडा / नेपाल भारत–बिश्व मैत्री संघको प्रथम राष्ट्रिय महाधिवेशन बुधवार काठमाण्डौंम सम्पन्न भएको छ ।
नेपाली र भरतीय जनस्तरमा सुमधुर सम्वन्ध स्थापनाको लागि गठन भएको संघको राष्ट्रिय महाधिवेशनले मकवानपुरका ज्योति रत्न बज्राचार्यको अध्यक्षतामा केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
तीन बर्षिय कार्यकाल रहेको संघको कार्यसमितिको सह–अध्यक्षमा जनक राज पराजुली, बरिष्ठ उपाध्यक्षमा युबराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुर्दशन अधिकारी, महिला उपाध्यक्षमा राधादेबि पराजुली, जनजाति उपाध्यक्षमा ज्योति राज राई, उपाध्यक्षहरुमा सिताराम पोखरेल, बिश्वक्रान्ति सिंह, पुष्कर जंगम, महासचिबमा किरण राज रेग्मी, कोषाध्यक्षमा श्री प्रबिण मैनाली, सह महासचिवमा श्याम कुमार थापा, सहसचिबमा राजेन्द्र प्रसाद शर्मा ढकाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा श्रीदेब भट्टराई, साजन घिमिरे, दिब्या प्रभा शाही, रेखा रेग्मी, श्री अन्नत प्रसाद पौडेल लगायत चयन भएका छन् ।
नेपाली काँग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को प्रमुख आतिथ्यितामा भएको संघको प्रथम अधिवेशनमा बागमती प्रदेश सभा सदस्य सुरजचन्द लामिछाने, संविधान सभा सदस्य हरिचन्द्र शाह, कृषि बिज्ञ प्रा. डा. मोहन प्रसाद पन्थी, ललितपुर उधोग बाणिज्य महासघका बरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य , मकवानपुरे सेवा समाजका अध्यक्ष अरुण गुरुङ लगायत समाजसेवी र आजिबन सदस्यहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय अधिबेशनले प्रमुख संरक्षकमा संघका सस्थापक अध्यक्ष हेम बहादुर कार्कीलाई चयन गरेको छ ।




