हेटौंडाको रातोमाटेबाट ५६१ ग्राम सुन बरामद

पालिका डायरी
३१ जेष्ठ २०८०, १०:४८
हेटौंडाको रातोमाटेबाट ५६१ ग्राम सुन बरामद

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेमा प्रहरीले ५६१ दशमलब ३० ग्राम सुन बरामद गरेको छ । आज विहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा याक्रुबाहक बसमा सवारको चेकजाँच गर्ने क्रममा सुनसहित एकजना पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार प्रदेश २–०३–००१ ख् ०१५९ नम्बरको बसमा सवार वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएका थिए ।

प्रतिक्रिया