बजेट निर्माणमा प्रतिपक्षी दललाई समेटिएन : एमाले सचेतक पौडेल

हेटौंडा / बागमती प्रदेशको बजेट निर्माणमा प्रतिपक्षी दलहरुसँग सहकार्य नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।
बागमती सरकारले आफूहरुसँग सल्लाह नै नगरी बजेट ल्याउन लागेको भन्दै विपक्षी दलहरुले असन्तुष्टि जनाएका हुन् । आफूहरुले पेश गरेका योजनालाई व्यवास्ता गर्दै सरकारवादी दलहरूले एकलौटी बजेटको तयारी गर्न थालिएको भन्दै प्रमुख प्रतिपक्षी दलका नेताहरुले असन्तुष्टि जनाएका हुन्।
‘१३ वटै जिल्लामा सन्तुलित बजेट परोस् भन्ने हाम्रो माग हो। तर सत्तापक्षहरु मात्रै छलफल गरेर एकलौटी ढंगको बजेट ल्याइँदैछ भन्ने जानकारीमा आएको छ,’ नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसूदन पौडेलले नेपालखबरसँग भने।
उनका अनुसार मुख्यमन्त्री शालिकरमा जम्मकट्टेललाई पटक÷पटक औपचारिक छलफलका लागि समय मागिएता पनि प्रायः अनौपचारिक मात्रै छलफल भएको छ। जेनतेन एकपटक प्रतिपक्षीसँग छलफल गरेर सरकारले औपचारिकता पूरा गरेको पौडेलले आरोप लगाएका छन्।
यता, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवंम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठ भने सरकारले सन्तुलित बजेट ल्याउनेमा दुईमत नरहेको बताउँछन्। ‘जिल्लाको माग, योजनाहरु हेरेर बजेट छुट्याउने हो।’ उनले भने, ‘सत्तामा रहेका दलको क्षेत्रमा बढि र प्रतिपक्षीको निर्वाचन क्षेत्रमा कम भन्ने हुँदैन।’