मेलमिलापकर्ताहरुको लागि आठ दिने तालिम सम्पन्न , कलात्मक ढङ्गबाट विवाद समाधान गर्नुस : अध्यक्ष लामा

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका न्यायीक समितिको आयोजना तथा कानुन अन्वेषण केन्द्र तथा श्रोत केन्द्रको समन्वयमा गाउँपालिकाको ९ वटै वडालाई समेटेर आठ दिने मेलमिलापकर्ताहरुको क्षेमता अभिबृदि तालिम आइतबार सम्पन्न भएको छ ।
गाउँपालिकाको भीमफेदिमा जेष्ठ२१ गते देखि सन्चालन भएको तालिम जेष्ठ २८ गते समापन गरिएको हो । समापन कार्यक्रमलाई आफ्नो छोटो भनाई राख्दै भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाले संविधान कानुन एन नियमको बारेमा यो आठ दिनको बसाईमा सिकेको कुरालाई मेलमिलापमा प्रयोग गरेर गाउँमा आउने समस्यालाई बुझेर मेलमिलापको बिधिमा समाधान गर्न आग्रह गरे । अध्यक्ष लामाले मेलमिलाप परिषदले तोकेको १८ बुदालाई नभुली विवादको टुङ्गो लगाउन पनि अनुरोध गरे । दुबै पक्षेको जित हुने गरि विवाद समाधान गरेर सब्य समुदाय निर्माण गर्न अनुरोध गरे । उनले तपाइँहरु समुदायको अगुवा भएकोले समाजमा भए गरेका विवादलाई स्थानीय जनप्रतिनिधि सहितलाई समावेस गराएर कलात्मक ढङ्गबाट दुबै पक्षलाई हित हुनेगरी विवाद समाधान गर्न आग्रह गरे।
यस्तै भीमफेदी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक सन्जीब श्रेष्ठले प्रशिक्षकले आठ दिनमा तपाइँलाई सिकाउनु भएको विवाद समाधानको उपाए र चरणहरुमा टेकेर दुबैको सहमतिमा विवाद समाधान गर्न आग्रह गरे उनले गाउँपालिकाले मेलमिलापकर्तालाई आवश्यक पुणर्ताजकिए तालिमहरु फेरि आउदो दिनमा पनि गराउने बताए । आठ दिनको तालिममा कानुन अन्वेषण केन्द्र तथा श्रोत केन्द्रबाट प्रशिक्षक दोए सिताराम अधिकारि र नेत्र प्रसाद लामिछानेले सहजीकरण गरेका थिए ।
उक्त तालिममा भीमफेदी गाउँपालिकाको नौ वटै वडाबाट २९ जनाको उपस्थित रहेको थियो ।समापन कार्यक्रमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भिमलाल महर्जन लगाएत गाउँपालिकाको अन्य विषयगत साखाको उपस्थित रहेको थियो ।